ह्वाट्सएपमा आफ्नो गोपनीयता यसरी बलियो बनाउनुहोस्

|

डिजिटल युगमा प्राइभेसी एउटा महत्वपूर्ण तथा बहुसरोकारित विषय बनेको छ । डिजिटल गोपनीयतालाई सुरक्षित राख्नु आजको समयको सबैभन्दा चुनौतिपूर्ण तथा कठिन काम हो । लोकप्रिय च्याटिङ प्लाटफर्म ह्वाट्सएपको प्रयोग धेरै मानिसहरुले गर्दछन् । त्यसैले यो मेसेजिङ एपमा गोपनीयताको विषय करोडौँ मानिसको चासोको विषय बन्ने नै भयो ।

उसैपनि ह्वाट्सएपलाई सबैभन्दा सुरक्षित मेसेजिङ एप भनिन्छ र यसमा प्रयोगकर्ताको गोपनीयता बलियो बनाउनका लागि विभिन्न विकल्पहरु उपलब्ध छन् ।

ह्वाट्सएपमा तपाईंसँग को–को जोडिन सक्छ, कसले तपाईंको व्यक्तिगत विवरणको जानकारी प्राप्त गर्नसक्छ भन्ने कुराका साथै सुरक्षाका अन्य विभिन्न विकल्पहरु ह्वाट्सएपमा उपलब्ध छन् ।

ह्वाट्सएपमा प्राइभेसी चेकअप फिचरको प्रयोग कसरी गर्ने ?

  1. सबैभन्दा पहिले ह्वाट्सएपको सेटिङमा जानुहोस् र‘ प्राइभेसी’ अप्सन छान्नुहोस्
  2. त्यसपछि start checkup मा क्लिक गर्नुहोस्
  3. अनि प्रयोगकर्ताले त्यहाँ आफ्नो प्राइभेसी सेटिङ्सलाई कस्टमाइज्ड गर्न सक्दछन्

ह्वाट्सएपमा तपाईंसँग को जोडिन सक्दछ भन्ने कुरा नियन्त्रण गर्ने विकल्प उपलब्ध छ ।

यो फिचरका माध्यमबाट तपाईंले आफ्नो ह्वाट्सएपमा कसलाई जोड्ने भन्ने कुरा तय गर्न सक्नुहुन्छ ।

आफ्नो रुचिको हिसाबले विकल्प चुनिसकेपछि तपाईंले नचाहिने मेसेज तथा कलहरु व्यवस्थापन गर्न सक्नुहुन्छ ।

साथै तपाईंलाई कुन ह्वाट्सएप ग्रुपले जोड्न सक्छन् भन्ने कुरा पनि नियन्त्रण गर्न सक्नुहुन्छ ।

ह्वाट्सएपको यो फिचरको सहयोगले तपाईंले आफ्नो निजी जानकारीहरु

क–कसले हेर्न सक्दछ भन्ने कुरा पनि निर्धारण गर्न सक्नुहुन्छ ।

साथै तपाईंको अनलाइन स्टेटस, प्रोफाइल फोटो तथा

last seen

को विवरण कसले हेर्न पाउँछ भन्ने कुरालाई तपाईंले तय गर्न सक्नुहुन्छ ।

ह्वाट्सएपमा प्रयोगकर्तालाई कतिवटा मेसेज तथा मिडिया फाइलहरुलाई

पहुँच दिने भन्ने कुरा तय गर्ने विकल्प पनि उपलब्ध हुन्छ ।

साथै नियमित अन्तरालमा एण्ड टु एण्ड एन्क्रिप्टेड ब्याकअप पनि लिन सक्नुहुन्छ ।

ह्वाट्सएपमा अकाउन्टलाई सुरक्षित राख्नका लागि विभिन्न विकल्प उपलब्ध छन् ।

प्रयोगकर्ताले फिंगरप्रिन्ट लक तथा टु–स्टेप भेरिफिकेसनका माध्यमबाट जो कोहीको अवैध पहुँचलाई रोक्न सक्दछन् ।

– एजेन्सी

२०८१ बैशाख ११, मंगलवार प्रकाशित