नेटवर्क मार्केटिङ गर्दा कस्तो हुन्छ, यो कस्तो बिजनेस मोडल हो ?

|

नेटवर्क मार्केटिङ के हो ?

कुनैपनी सामानको बेचबिखान गर्नको लागि डिस्टुबिटर, होलसेल र रिटेलको प्रयोग नगरी सिधै कम्पनिद्वारा
ग्राहकलाइ बेचिन्छ भने त्यसलाइ नेटवर्क मार्केटिङ भनेर बुझ्नुपर्ने हुन्छ। सरल भाषामा भन्नुपर्दा यो एउटा
प्रत्यक्ष बिक्रीवितरण गर्ने पद्दति हो। यसमा व्यापारी नै ग्राहक र ग्राहक नै व्यापारी हुने गर्छन। नेटवर्क
मार्केटिङमा काम गर्ने प्रत्यक ब्यक्तिलाइ कर्मचारी हैन बिजनेसम्यान भन्न सकिन्छ किनकी यहाँ जसले जति
चायो त्यति कमाउन सक्छ।

नेटवर्क मार्केटिङ आजको समयमा एकदमै लोकप्रिय बनेको छ किनकी यस्ता कम्पनिमा काम
गर्नको लागि यदि कुनै कुराको जरुरी हुन्छ भने त्यो हो इक्षा। तपाइको उमेर कति छ, पढाइ कति छ,
तपाइको धर्म कुन हो, तपाइको पारिवारिक विवरण के हो आदि जस्ता कुनै कुराले नेटवर्क कम्पनिमा काम
गर्न असर पार्दैन। यहाँ सम्म कि यदि तपाईं कुनै कम्पनिमा दैनिक 12 घन्टाको ड्युटी गर्नुहुन्छ भने भने पनि
\ तपाइको लागि यस्ता कम्पनिमा काम गर्न सम्भव हुन्छ। किनकी नेटवर्क मार्केटिङ मा जति बेला जहाँबाट
पनि आफ्नो काम शुरु गर्न सकिन्छ। नेटवर्क मार्केटिङ कम्पनिहरुलाइ नेटवर्क मार्केटिङको अलावा MLM
र DIRECT SELLING नामले पनि चिन्ने गरिन्छ।

NETWORK को अर्थ हुन्छ
N= new (नयाँ)
E= economic (आर्थिक)
T= technique (उपाय, तरिका)
w= wonderful (बिचित्र)
O= opportunity (अवसर)
R= real (बास्तबिक)
K= knowledge (ज्ञान)
MLM को अर्थ हुन्छ्👇️
M= multi (बहु)
L= level (स्तरीय)
M= marketing(मार्केटिङ)

यदि छोटो समयमा र थोरै मेहनतमा कुनै बिजनेसले ठूलो आर्थिक क्रान्ती ल्याउन सक्छ भने त्यो नेटवर्क मार्केटिङ
हो किनकी नेटवर्क मार्केटिङ यस्तो एउटा प्लेटफार्म हो जहाँ अरुलाइ सफल बनाएर आफु सफल बन्न सकिन्छ।
हुन त नेटवर्क मार्केटिङको नामले विभिन्न कम्पनिहरु पनि आएका छ्न, जसले पिरामिड स्किम ल्याएर मानिसहरुलाइ
ठगी पनि गरिरहेका छन। तपाईं यदि नेटवर्क मार्केटिङमा काम गर्ने सोच बनाउदै हुनुहुन्छ भने तपाइले त्यो कम्पनी
सहि छ कि गलत छ भनेर आफैले पनि पत्ता लगाउन सक्नुहुन्छ।

1. profile

नेटवर्क मार्केटिङ कम्पनिहरु विभिन्न देशहरुमा विभिन्न प्रकारका सिस्टमले चलेका हुन्छन। तपाइले नेटवर्क कम्पनिमा मेम्बर
बन्नुभन्दा अगाडि त्यो कम्पनी दर्ता भएको छ कि छैन, कम्पनिको भिजन के छ, कम्पनी कस्ले चलाएको छ, काहा छ,
कसरी काम गरेको छ जस्ता सबैकुरा बुझ्नुपर्ने हुन्छ।

2. Product
कुनैपनी बिजनेस चलाउनको लागि त्यो कम्पनिसङ्ग बेच्नको लागि सामान अथवा सेवा हुनैपर्छ। सामान र सेवा मात्रै भएर
मात्रै पनि गुणस्तरहिन सामान बेच्न सम्भव हुदैन त्यसैले त्यो सामानमा क्वालिटी छ कि छैन भन्ने हेर्नुहोस।

3. price

कम्पनिको सामानको मुल्य हेर्नुहोस, के त्यो सामानको मुल्य बजारको हिसाबले नर्मल नै हो त ?? गुणस्तर अनुसारको
मूल्य छैन भने त्यो सामान बेच्न सम्भव हुदैन।

4. promotion

तपाइले त्यो कम्पनिमा काम गर्नुभयो भने तपाइको आर्थिक र ब्यक्तित्व वृद्धि हुन सम्भव छ त ?? कम्पनिले राम्रो काम
गर्नेहरुलाइ उच्च पद र सम्मान गर्छ कि गर्दैन भन्ने बुझ्नुहोस। यसको लागि त्यो कम्पनिमा काम गरिरहेका मानिसहरु
कम्पनिको सिस्टममा कत्तिको सन्तुष्ट छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ।

5. payment

कम्पनिले हरेक मेम्बरको माध्यमबाट भएको बिक्रीबाट कमिसन र विभिन्न प्रकारका बोनस दिने गर्छ। तर तपाइले पाउने
पैसा(आम्दानि) दिनुपर्ने समयमा कम्पनिले दिदैन भने तपाइको लागि राम्रो हुदैन। त्यसैले त्यो कम्पनिले तोकेको समयमा
अरु लिडरहरुलाइ दिइरहेको छ कि छैन त्यो पनि हेर्नुहोस।

💡Network marketing कम्पनिले काम कसरी गर्छ ?

हुन त दुनियामा विभिन्न प्रकारका नेटवर्क मार्केटिङ कम्पनिहरु छन तर विशेष गरि यस्ता कम्पनिहरुले कस्मेटिक,
फुड सप्लिमेन्ट र जेनेरल सामान बेच्ने गरेका हुन्छ्न। जहाँ कम्पनिमा उत्पादन भएका सामान बेच्नको लागि मेम्बरलाइ प्रयोग
गरिएको हुन्छ र कम्पनिको मुनाफा केही प्रतिशत कम्पनी आफैले राखेर बाकी सबै मुनाफा आफ्ना मेम्बरहरुलाइ दिने गर्छ।
प्रायजसो कम्पनिको सिस्टम हेर्दा MRp को 70% सम्म मार्जिन मेम्बरहरुलाइ दिने गरेको पाइन्छ। जस्तो कि, यदि कुनै
सामानको मूल्य रु.200 छ भने त्यसबाट 140 कमिसन र बोनसको रुपमा विभिन्न माध्यमबाट आफ्नो मेम्बरहरुलाइ प्रदान गरिन्छ।

यस्ता कम्पनिहरु बिशेष गरि आफ्ना मेम्बरहरुलाइ लिडर बनाउन ध्यान दिने गर्छन फलस्वरूप यी कम्पनिमा
काम गर्ने मेम्बरहरुको ब्यक्तित्व निर्माण गर्न ठूलो सहयोग पुग्ने हुन्छ। अरु सबै काम र बिजनेसमा सबैको आआफ्नै भुमिका
हुने गर्छ र सबैले आफ्नो लागि मात्रै सोच्ने गर्छन तर नेटवर्क मार्केटिङ मा अरुलाइ जति सफल बनायो आफू पनि त्यति नै
सफल बनिने भएकोले यहाँ लिडर र अग्रजहरुको ठूलो सपोर्ट मिल्ने हुन्छ।

श्रोत : smart tarika
यस्ता अरु सामाग्री हेर्नको लागि smart tarika youtube च्यानलमा हेर्न सक्नुहुनेछ।

 

२०७८ मंसिर २५, शनिबार प्रकाशित