के network मार्केटिङ ठगी कम्पनी हुन ? के हो वास्तविक कुरा ?

|

network मार्केटिङ ठगी कम्पनी ?

यदि तपाईं पनि नेटवर्क मार्केटिङ कम्पनिमा काम गर्ने सोच बनाउदै हुनुहुन्छ भने यो कुरा अवस्य पनि
बुझ्न जरुरी छ कि नेटवर्क मार्केटिङ गर्नु सहि हो त ?
यदि नेटवर्क मार्केटिङ सहि हो भने किन धेरै मानिसहरु यसलाइ ठगी कम्पनी भन्ने गर्छन र यदि ठगी गर्ने
कम्पनी हुन भने किन कयौ मानिसहरु नेटवर्क मार्केटिङ कम्पनिबाट आफ्नो जिन्दगी परिबर्तन गरेको दावा
गर्छन त ?

बास्तबमा नेटवर्क मार्केटिङ सहि हो कि गलत हो त ?

आज हामी कुरा गर्नेछौ किन नेटवर्क मार्केटिङ लाई गलत भन्ने गरिन्छ? नेपालमा किन नेटवर्क मार्केटिङ
कम्पनिहरुलाइ ठगी कम्पनी भन्ने गरिन्छ? नेटवर्क मार्केटिङ कम्पनिलाइ ठगी कम्पनी भन्नुको पछाडी यी 5
ओटा कारणहरु छन। जसको कारण दुनियाकै उत्कृष्ट बिजनेस मध्यमा पर्ने डाइरेक्ट सेलिङ कम्पनिलाइ नेपालमा
आज पनि तिरस्कार गर्ने गरिन्छ।

1. गलत प्रचारप्रसार

यस्तो कुनै पैसा कमाउने प्लेटफर्म हुदैन जहाँ मेम्बर बनेको भरमा लाखौ रुपैया आम्दानी हवस। त्यसैगरी नेटवर्क
मार्केटिङ कम्पनिबाट कमाउनको लागि पनि तपाइले मेहनत गर्नैपर्ने हुन्छ। तर केही मेम्बरहरुको धारणा यो हुन्छ कि
मैले मेम्बर बनाएको भरमा मैले धेरै कमाउन सक्छु। जसकारण उनिहरु कुनै ब्यक्तिलाइ आफ्नो डाउनलाइनमा समाबेश
गराउनको लागि जुनसुकै झुट बोल्न पनि तयार हुने गर्छन जस्तो कि, तपाईं मेम्बर मात्रै बनेर हेर्नुस मालामाल पैसा
आउँछ, तपाइले कामै नगरी लाखौ कमाउन सक्नुहुन्छ, तपाइले सामान नकिनेपनी तपाइलाइ पैसा आउँछ आदि जस्ता
कुरा गरेर मेम्बर त अवस्य पनि बनाउन सकिएला तर केही समयपछी उनिहरुले आम्दानी खोज्न थाल्नेछन।
त्यतिबेला उनिहरुको दिमागमा यत्ती मात्रै कुरा खेल्छ कि यस्ता कम्पनिहरु सबै झुट हुन। यस्ता गलत
प्रचारप्रसारले पनि नेटवर्क मार्केटिङको लागि ठूलो असर पुर्याएको हो।

2. इलिगल कम्पनि

नेपालमा पिरामिड स्किम भएका कुनैपनी कम्पनिहरु लिगल छैनन। तर केही पिरामिड स्किम भएका इलिगल कम्पनिहरुमा
पनि लुकिछिपी केही ब्यक्तिहरु काम गरिरहेका छन। यस्ता कम्पनिहरुमा मेम्बर बन्न मोटो रकम लिने गरिन्छ तर फाइदा
आउने त कुरै छैन आफ्नो लगानी पनि फिर्ता हुने कुनै ग्यारेन्टि हुदैन।
मुख्य समस्या त यहाँनेर भएको छ कि यस्ता कम्पनिहरु पनि नेटवर्क मार्केटिङको नामले आएका छन। कम्पनी
पनि इलिगल सिस्टम पनि इलिगल तर प्रचारप्रसार चै लिगल कम्पनिको जत्तिकै बिस्वास दिलाउनाले नेटवर्क मार्केटिङको
बदनाम भइरहेको छ। नेपालमा केही कम्पनिहरु मात्रै लिगल छन त्यसैले कुनै कम्पनिको नाम सुन्ने बित्तिकै त्यसमा प्रबेश
गर्नुभन्दा पहिला त्यो कम्पनी नेपाल सरकारको नियम अनुसार दर्ता भएको छ कि छैन भनेर राम्रो सङ्ग बुझ्न नभुल्नुहोला।

3. डाहा

एउटा उखान छ नि “आफ्नो छोरो पास हुनुभन्दा छिमेकिको छोरो फेल हुदा बडो खुशियालि”। हो यस्तै कारणले पनि
नेटवर्क मार्केटिङ इन्डस्ट्रीको नेपालमा बदनाम भएको छ। एउटा तथ्यांकअनुसार नेटवर्क मार्केटिङमा मेम्बर बन्नेहरु मध्य
60% मानिसहरु एक बर्ष भित्र कम्पनी छोड्दिन्छ्न। ती आफुले काम गर्न नसकेर छोड्नेहरु अब अरुले गर्न लाग्यो भने
भड्काउन थाल्छन। उनिहरुको भड्काउने शैली यस्तो हुने गर्छ

‘मैले जमानामै गरेर छोडेको यसमा काम छैन’
‘यी सबै आफ्नो फाइदाको लागि काम गर्ने हुन’
‘पहिला मेम्बर बन्नेहरुले कमाउछन हामिले कमाउन सम्भव छैन’
‘मेरो पैसा खाइदियो, झुक्यायो अनि छोडे’

कुनै ब्यक्तिले तपाइलाइ नेटवर्क मार्केटिङ नगर्नको लागि यसरी भड्काउदै छ भने यसको पछाडी दुइओटा कारण हुन सक्छ।
कि त उस्ले गलत कम्पनिमा प्रबेश गरेको थियो, कि उस्ले तपाइलाइ गरि खान लागेको देख्न सकेको छैन। तपाईं उस्लाइ
सोध्नुहोस कि कुन कम्पनिमा काम गरेको थियो भनेर। यदि उस्ले सहि कम्पनिको बारेमा यसो भन्दैछ भने तपाइलाइ डाहा
गरेको बुझ्नुस यदि गलत कम्पनी रहेछ भने अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ भन्ने बुझ्नुस।

4. अर्धज्ञान

अज्ञानताले भन्दा पनि अधुरो ज्ञानले धेरै असर पुर्याउछ। त्यसैले भन्ने गरिन्छ नि “अधुरो ज्ञान सधै घातक हुन्छ।” हो, यस्तै
अधुरो ज्ञान लिएर सबै जानेको छु भन्ने मेम्बरहरुले गर्दा पनि नेटवर्क मार्केटिङ कम्पनिहरु बदनाम हुने गरेको पाइन्छ। नेटवर्क
मार्केटिङ मा सबैभन्दा ठूलो कुरा ट्रेनिङ हुने गर्छ तर ट्रेनिङ पनि नलिने र आफ्नो कम्पनिमा भएका सामान र सिस्टमको
बारेमा जानकारी नभइ अरुलाइ सम्झाउन जाने मेम्बरको अगाडि ग्राहकसङ्ग डिल गर्ने कुनैपनी क्षमता हुदैन। जसकारण बन्ने
वाला मेम्बर र बनाउने वाला मेम्बर दुबैको लागि नोक्सानी हुन पुग्छ।

5. धोकेबाज कम्पनी

लगभग एक दशक पहिले नेपालमा नेटवर्क मार्केटिङ कम्पनी धेरै राम्रोसङ्ग चलिरहेका थिए। कम्पनी जत्रा भएपनी मानिसहरुसङ्ग
ठुला ठुला सपना बेचेर पैसा असुली गरिरहेका थिए। तर एक दिन यस्तो भयो कि सपना पूरा गर्न लगानी गर्नेहरुको न त सपना
नै बिपनामा परिणत भयो न त पैसा नै फिर्ता भयो। फलस्वरूप नेपालमा पुर्णरुपमा लगभग 8 बर्ष नेटवर्क मार्केटिङ कम्नी
पुर्णरुपमा बन्देज लगाइएको थियो। ती कम्पनिको कारण आज पनि धेरै मानिसहरु नेटवर्क मार्केटिङ कम्पनिलाइ ढगी भन्ने गर्छन।

💡बास्तबमा नेटवर्क मार्केटिङ सहि हो कि गलत ?

हाल नेपालमा केही नेटवर्क मार्केटिङ कम्पनिहरु लिगली दर्ता भैसकेका छन र नेपालमा नेटवर्क मार्केटिङ गर्न पाइन्छ। तर,
नेपाल सरकारले नेटवर्क मार्केटिङ कम्पनिहरुको सिस्टमलाइ बिदेशी मुलुकमा जस्तो पिरामिड, बायोनरी आदि जस्ता सिस्टम
राखेर चलाउन दिएको छैन। त्यसैले नेपालमा चल्ने नेटवर्क मार्केटिङ कम्पनिहरु डाइरेक्ट सेलिङ को नामले चल्ने गरेका छन।
आखिर जुन नामले चलेपनी मेम्बरहरुले पाउने कमिसन पुर्णरुपमा पाइने भएकोले नेपालमा राम्रोसङ्ग नेटवर्क मार्केटिङ
चलाउन पाइन्छ भनेर बुझ्न सकिन्छ।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल युट्युब च्यानल स्मार्ट तरिकामा जोडिन
सक्नुहुनेछ।

 

२०७८ मंसिर २५, शनिबार प्रकाशित